PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस कर्णालीको नेतृत्व चयनको मतदान सकियो, ७७१ मध्ये ७५४ मत खस्यो



पहिलोपोस्ट

कांग्रेस कर्णालीको नेतृत्व चयनको मतदान सकियो, ७७१ मध्ये ७५४ मत खस्यो

सुर्खेतः प्रदेश अधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ७५४ मत खसेको छ। कूल ७७१ मतदातामध्ये ७५४ ले मत खसालेका हुन्।

ढिला गरी दिउँसो २ बजेबाट मतदान सुरु भएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

कर्णालीमा सभापति पदका लागि तीन जनाको उम्मेद्वारी दर्ता भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट ललीतजंग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाटभुपेन्द्रजंग शाही र कांग्रेस उपसभापति विमलेन्द्र निधि समूहबाट मोतीराज बमले उम्मेदवारी दिएका छन्। 

कर्णालीमा देउवा समूहलाई तुलानात्मक रुपमा बलियो मानिएको छ। तर, यसअघि देउवा समूहमा रहेका बमले उम्मेद्वारी दिएपपछि मत काटिने अनुमान गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell