PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मुख्यमन्त्री पाण्डेले तामाङ परम्परा अनुसार निगार चढाएर गरे पुलको शिलान्यास



निशा गुरुङ

मुख्यमन्त्री पाण्डेले तामाङ परम्परा अनुसार निगार चढाएर गरे पुलको शिलान्यास
फोटो : facebook.com/officialpagehariharpurgadhi

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिवार सगुनका रुपमा निगार चढाएर पुलको शिलान्यास गरेका छन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्बर वडा जोड्ने मरिणखोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार सगुन चढाएर शिलान्यास गरेका हुन्। पुजारी लामा भएकोले लामाको निर्देशन अनुसार पुलको शिलान्यास गरिएको गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए। 'यो हाम्रो परम्परा अनुसार शुद्धताको प्रतीक हो,' लामाले भने।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांसद हरिबोल गजुरेल, जिल्ला समन्वय समितीका अध्यक्ष शकरंराज तिवारी,प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए।

नयाँ कामको सुरुवात गर्दा रक्सी, जाँड, निगार चढाउनु तामाङ समुदायको धार्मिक परम्परा हो। तामाङ समुदायमा ‘दुच्छी’मा टोटलाको फुल राखेर अर्पण गरेपछि मात्र राम्रो कामको आरम्भ गरिन्छ।

उक्त पुल १९ करोड २४ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell