PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवा दम्पती डडेलधुराबाट प्रतिनिधि चुनिए तर प्रदेशमा भोट हाल्न आएनन्



पहिलोपोस्ट

देउवा दम्पती डडेलधुराबाट प्रतिनिधि चुनिए तर प्रदेशमा भोट हाल्न आएनन्
फाइल फोटो

कैलालीः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा धनगढीमा सम्पन्न प्रदेश अधिवेशनको मतदानमा अनुपस्थित भएका छन्।

देउवा दम्पती डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तर शनिबार सम्पन्न मतदानमा उनीहरू दुवै प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा भने अनुपस्थित रहेका हुन्।

शनिबार सम्पन्न मतदानमा देउवा दम्पतीसहित २३ जना अनुपस्थित भएका छन्। एक हजार २६ मतदातामध्ये एक हजार ३ जनाले मतदान गरेका नेपाली कांग्रेस महाधिवेशन प्रचार-प्रसार समितिका संयोजक नृप सुनारले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell