PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने



निशा गुरुङ

वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने

हेटौंडा : नेपाली कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा वाग्मतीमा कुनै प्रदेशको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुन मतदान हुने भएको छ।

सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका छन् भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका छन्।

पहिलो हुने बानियाँले ४८ प्रतिशत मतमात्र प्राप्त गरेका कारण उनी पुन निर्वाचनमा उत्रनुपर्ने हुन्छ। कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ। अब पहिलो हुने बानियाँ र दोस्रो हुने केसीबीच आइतबार पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पुन मतदान हुने भएपछि नेताहरुले प्रतिनिधिहरुलाई हेटौंडा नछाड्न आग्रह गरिरहेका छन्। पुन: मतदानमा नगई पहिलो हुने उम्मेद्वारलाई नै विजयी गराउने छलफल पनि उच्च तहमा भइरहेको बताइएको छ।

कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell