PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राप्रपा अधिवेशन: लिङदेन अघिअघि, थापा पछिपछि



पहिलोपोस्ट

राप्रपा अधिवेशन: लिङदेन अघिअघि, थापा पछिपछि

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। हालसम्मको नतिजा अनुसार अध्यक्ष पदमा राजेन्द्र लिङदेन १३७१ मतले अघि छन् भने उनलाई पछ्याइरहेका कमल थापाले १२५४ मत प्राप्त गरेका छन्। अब १०९ मत गन्न बाँकी छ।

पार्टीका तीन अध्यक्षमध्ये कमल थापा अहिले नेतृत्वमा आउनका लागि मैदानमा उत्रिएका छन्। उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्।

राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्षसहित तीन महामन्त्री चयन हुनेछन्। त्यस्तै, त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिमध्ये १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन्। बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ।

त्यस्तै २ उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, ७ सहमहामन्त्री र ७ सहायक मन्त्री, एक सहायक कोषाध्यक्ष पनि मनोनित गर्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell