PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

चेल्सी वेस्टहमसँग पराजित



पहिलोपोस्ट

चेल्सी वेस्टहमसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी वेस्टहमसँग पराजित भएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा सम्पन्न खेलमा घरेलु टोली वेस्ट हमले चेल्सीमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

लिगमा राम्रो प्रदर्शन गरिरहेको चेल्सीले दुई पटक अग्रता बनाए पनि घरेलु टोलि राम्रो पुनरागमन गर्न सफल भयो। खेलको २८ औं मिनेटमा म्यासन माउन्टको पासमा थिएगो सिल्भाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर ४० औं मिनेटमा घरेलु टोलीका म्यानुअल लान्जिनीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। फेरि ४४ औं मिनेटमा चेल्सीले अग्रता बनायो। यसपटक म्यासन माउन्टले हाकिम जिएचको पासमा गोल गरेका थिए। पहिलो हाफमा चेल्सी २-१ ले अघि रहे पनि दोस्रो हाफमा वेस्ट हमले दुई गोल थप्यो। ५६ औं मिनेटमा जरोड ब्राउन र ८७ औं मिनेटमा आर्थर मसुआकुले गोल गर्दा वेस्टहमले ३-२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

पराजय ब्यहोरेको चेल्सी १५ खेलबाट ३३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। गएरातिको अन्य खेलहरुमा जित निकालेका म्यानचेस्टर सिटी र लिभरपुल क्रमश ३५ र ३४ अंक जोड्दै तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell