PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वार्टफोर्डलाई हराउँदै सिटी शीर्षस्थानमा, वुल्भ्सलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा



पहिलोपोस्ट

वार्टफोर्डलाई हराउँदै सिटी शीर्षस्थानमा, वुल्भ्सलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वार्डफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वार्टफोर्डमाथि सिटीले १-३ गोलअन्तरले जित निकालेको हो।

खेलको चौथो मिनेटमै फिल फोडेनको पासमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै बर्नान्डो सिल्भाले ३१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै सिटी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा सिल्भाले नै फेरि अर्को गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा घरेलु टोलीका कुचो हर्नान्डेजले ७४ औं मिनेटमा गोल फर्काए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले वुल्भ्समाथति ०-१ को संघर्षपूर्ण जित निकाल्यो। मोलिन्युक्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले इन्ज्युरी समयमा गोल गर्दै जित निकालेको हो। लिभरपुलका लागि डिभोग ओरिगीले मोहम्मद सलाहको पासमा निर्णायक गोल गरेका थिए। अर्कोतर्फ यसअघि शीर्षस्थानमा रहेको चेल्सी भने वेस्टहमसँग पराजित भएको थियो।

योसँगै म्यानचेस्टर सिटी १५ खेलबाट ३५ अंक जोड्दै शीर्षस्थानमा, ३४ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा र ३३ अंक जोड्दै चेल्सी तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेको वेस्ट हमको २७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell