PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राप्रपा अध्यक्षमा लिङदेन विजयी, निर्मल निवासको हस्तक्षेपका कारण पराजित भएको कमल थापाको आरोप



पहिलोपोस्ट

राप्रपा अध्यक्षमा लिङदेन विजयी, निर्मल निवासको हस्तक्षेपका कारण पराजित भएको कमल थापाको आरोप

काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा थापालाई पछि पार्दै राजेन्द्र लिङदेन विजयी भएका छन्। आज सम्पन्न अन्तिम मतगणना अनुसार १८१७ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कमल थापाले १६१७ मत ल्याएर पराजित भए।

पराजयसँगै थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाइका छन्।

'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,' कमल थापाले फेसबुकमा लेखेका छन्, 'प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।'

थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइएको भन्दै राजनीतिक रुपमा समाप्त पार्न चेस्टा गरेको समेत आरोप लगाएका छन्।

'मैले राहत र उन्मुक्ति पाएको छु,' उनले लेखेका छन्, 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell