PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बार्सिलोना र एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित, सोसिडाडमाथि रियल मड्रिडको जित



पहिलोपोस्ट

बार्सिलोना र एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित, सोसिडाडमाथि रियल मड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना रियल बेटिसँग पराजित भएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना बेटिससँग ०-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बेटिसका जुआनमीले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनामाथिको जित सुनिश्चित गरेका थिए।

त्यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड मालोर्कासँग पराजित भयो। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली २-१ गोलअन्तरले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एट्लेटिकोले अग्रता बनाएको थियो। खेलको ६८ औं मिनेटमा म्याथुअस कुन्हाको गोलमा अग्रता बनाए पनि ८० औं मिनेटमा मालोर्काका फ्रान्को रुसोले गोल गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै इन्ज्युरी समयमा टाकेफुसा कुबोले गोल गर्दा मालोर्का २-१ गोलअन्तरले विजयी भयो।

अर्को खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि सानदार जित निकाल्यो। रियले एरेनामा सम्पन्न खेलमा घरेलु टोलीमाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले रियल मड्रिडलाई अग्रता दिलाएका थिए। उनले ४७ औं मिनेटमा गोल गर्दा ५७ औं मिनेटमा लुका जोभिकले गोल गर्दै मड्रिडको जित सुनिश्चित गरेका थिए।

जितसँगै रियल मड्रिडले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। मड्रिडले १६ खेलबाट ३९ अंक जोडेको छ भने दोस्र स्थानमा रहेको सेभियाले गएरातिको खेलमा भिल्लारियललाई हराएसँगै १५ खेलबाट ३१ अंक जोडेको छ। तालिकामा एट्लेटिको मड्रिड २९ अंक जोडेर चौथो स्थानमा छ भने बार्सिलोना २३ अंक जोडेर ७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell