PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भारतीय नम्‍बर प्लेटको गाडीको ठक्करबाट कञ्चनपुरमा एक एक जनाको मृत्यु



पहिलोपोस्ट

भारतीय नम्‍बर प्लेटको गाडीको ठक्करबाट कञ्चनपुरमा एक एक जनाको मृत्यु

कञ्चनपुरः कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन्।

'ठक्कर दिने गाडीको पहिचान भइसकेको छ', प्रहरी निरीक्षक बोहराले भने, 'चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ।'

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell