PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कमल थापाले हारे पनि पदाधिकारीमा उनकै समूहको वर्चस्व, को को भए निर्वाचित?



पहिलोपोस्ट

कमल थापाले हारे पनि पदाधिकारीमा उनकै समूहको वर्चस्व, को को भए निर्वाचित?

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। राप्रपामा लामो समय अध्यक्ष रहेका कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष जित्ने एकमात्र सांसद पनि हुन् लिङ्देन।

गएराति अबेरसम्म भएको मतदानपछि गत गणना थालिएको थियो। कूल खसेको खसेको तीन हजार ८६५ मतमध्ये ४३१ मत बदर भएको थियो। जसमा विजयी लिङ्देनले १८१७ र थापाले १६१७ मत पाए।

अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व देखिएको छ। यद्यपि राप्रपामा सात महमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पद निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।

निर्वाचन परिणाम अनुसार थापा प्यानलबाट तीन उपाध्यक्ष विजयी भएका छन्। थापा समूहबाट पुरुषतर्फ उम्मेद्वार रहेको ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन्। अर्का निर्वाचित उपाध्यक्ष विक्रम पाण्डे भने दुबै समूहका उम्मेद्वार थिए। 

दिलविकास राजभण्डारी, जगत गौचन, रामचन्द्र राय यादव उपाध्यक्षमा पराजित भए।

यस्तै महिला उपाध्यक्षमा थापा समूहकै रोशन काकी निर्वाचित भइन्। लिङ्देन समूहबाट उम्मेद्वारी दिएकी लीलादेवी श्रेष्ठ उपाध्यक्षमा पराजित भइन्।

यस्तै, महामन्त्रीमा लिङ्देन समूहका धवल शमशेर राणाले सर्वाधिक मत ल्याएर विजयी भए। अन्य दुई महामन्त्री थापा समूहकै विजयी भए। थापा पक्षका पुरुषतर्फका उम्मेद्वार भुवन पाठक र महिलातर्फबाट कुन्तीकुमारी शाही महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा शाहीसँग रेखा थापा प्रतिस्पर्धामा थिइन्।

रेखाले १६४० मत पाउँदा कुन्तीले २००८ मत पाइन।

गएराति अबेर मतदान सकिएपछि लगत्तै गणना सुरु गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell