PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

लुम्बिनीमा सुरु भएन पदाधिकारीतर्फको मत गणना 



पहिलोपोस्ट

लुम्बिनीमा सुरु भएन पदाधिकारीतर्फको मत गणना 

बुटवलः नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानकोे सदस्यतर्फको मत गणना सुरु भए पनि पदाधिकारीतर्फको मत गणना सुरु हुन सकेको छैन।

क्षेत्रीय, खुल्ला र समावेशी सदस्यहरुको गणना सकेपछि मात्रै सभापतिसहित अन्य पदाधिकारीहरुको मत गणना सुरु गर्ने सहमति भएपछि सुरुमा सदस्यहरुको मात्रै मत गणना भइरहेको छ। निर्वाचन समितिका अनुसार सदस्यतर्फ पाँच सय मत गणना भएको छ।

शनिबार रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको निर्वाचनमा १६७० मतदातामध्ये नेतृत्व चयनका लागि १६३१ जनाले मतदान गरेका थिए।

प्रदेश नेतृत्वको लागि संस्थापन पक्षबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह र संस्थापन इतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। 

यसअघिको घटनालाई मध्यनजर गर्दै मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। अधिवेशनले १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री गरी ९ जना पदाधिकारी चयन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell