बुटवलः लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। पदाधिकारीतर्फको प्रारम्भिक मत परिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार अमरसिंह पुनले अग्रता लिएका छन्।
२०० मत गन्दा पुनले ११८ र संस्थापन पक्षका उम्मेद्वार भरतकुमार शाहले ८१ मत पाएका छन्।
पदाधिकारीमा पनि संस्थापन इतरका उम्मेद्वार अगाडि रहेका छन्।
शनिबार रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको निर्वाचनमा १६७० मतदातामध्ये नेतृत्व चयनका लागि १६३१ जनाले मतदान गरेका थिए।
