PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सुदूरपश्चिममा कांग्रेस संस्थापनका उम्मेद्वार बलायरको जित निश्चित, करिब ४०० मतको अग्रता



पहिलोपोस्ट

सुदूरपश्चिममा कांग्रेस संस्थापनका उम्मेद्वार बलायरको जित निश्चित, करिब ४०० मतको अग्रता

कैलालीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर जित सुनिश्चित गरेका छन्। मतणना अन्तिम चरणमा पुग्दा बलायरले ३७९ को अग्रता बनाएका छन्। अब गणना गर्न बाँकी ९७ मतमात्र छ। 

खसेको कूल १००३ मतमध्ये ९०६ मतको गणना सम्पन्न भइसकेको छ। जसमा बलायरले ६२९ र नारायणदत्त मिश्रले २५० मत पाएका छन्। 
उपसभापतिमा गोपालसिंह गुरुङले २५२, जनकराज चौधरीले ५५६, मनबहादुर रावलले २३७, लोकराज अवस्थीले ४७५ र हिमबहादुर रावलले १०८ मत पाएका छन्। 

महामन्त्रीमा नरनारायण शाहले ५८६, प्रताप गुर्धामीले १९५, मेघराज खड्काले ५८३ र रामबहादुर शाहीले २७५ मत पाएका छन्। 

सहमहामन्त्रीमा गोपालदत्त भट्टले ४८२, चिन्तामणि भट्टले ४८४, नरेन्द्रप्रसाद भट्टले १९४, पदमराज पन्तले २२८, लक्ष्मणबहादुर शाहीले १४० र हर्कबहादुर स्वाँरले ६६ मत पाएका छन्। 

यस्तै सहमहामन्त्री महिलमा अम्बिकाकुमारी चलाउनेले ६२४ र खिना भण्डारीले २०० मत पाएकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell