कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। संस्थापन पक्षका बलायरको प्यानलले नै जित निकालेको छ।
शनिवार भएको मतदानमा कुल १ हजार ३ मत खसेको थियो। जसमा बलायरले ६८८ मत ल्याउँदै विजयी भएका हुन्। सभापतिका प्रत्यासी नारायण दत्त मिश्रले २८० मत प्राप्त गरे।
यस्तै, उपसभापतिमा जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत ल्याउँदै विजयी भए। उपसभापतिका दाबेदारहरु गोपाल सिंह गुरुङले २८१, मन बहादुर रावलले २६३ र हिम बहादुर रावलले १२१ मत प्राप्त गरे।
महामन्त्रीमा नरनारायण शाह मनुले ६४८ मत र मेघराज खड्का ले ६३५ मत ल्याउँदै विजय भए। उनका प्रतिस्पर्धीहरु प्रताप गुर्धामीले १३३, राम बहादुर शाहीले ३०३ मत पाए।
सहमहामन्त्रीमा भने गोपाल दत्त भट्टले ५२९ र चिन्तामणि भट्टले ५३३ मत ल्याइ विजयी भए। सहमहामन्त्रीका प्रतिस्पर्धीहरु नरेन्द्र प्रसाद भट्टले २१२, पदम राज पन्तले २५४, लक्ष्मण बहादुर शाहीले १६४ र हर्क बहादुर स्वारले ६८ मत मात्र प्राप्त गरे।
महिला सहमहामन्त्रीमा अम्बिका कुमारी चलाउनेले ६८६ मत ल्याइ विजयी भए। खिना भण्डारीले मात्र २२३ मत प्राप्त गरे।
