PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राप्रपाको जित यसरी पोखियो भृकुटीमण्डपमा

राप्रपाको जित यसरी पोखियो भृकुटीमण्डपमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : संस्थापन पक्षलाई पराजित गर्दै राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिएका छन्। केन्द्रीय राजनीतिमा लामो विरासत बोकेका पार्टी अध्यक्ष कमल थापालाई पारजित गर्दै लिङ्देनले नेतृत्व आफ्नो नियन्त्रणमा लिएका हुन्।

आज बिहान सार्वजनिक अन्तिम मत परिणामले उनको जित निश्चित गरेको थियो। जित लगत्तै भृकुटीमण्डपमा उनको विजय उत्सव मनाइयो।

लिङ्देन मत गणनास्थलमा आइपुगेलगत्तै उत्साही समर्थकहरुले फूलमाला लगाएका थिए। अध्यक्ष लिङ्देनले जित लगत्तै आफ्नो पक्षमा नाराबाजी नगर्न र फूलमाला लिएर भेट्न नआउन समेत भनेका थिए। 

'कुनै जुलुस निकाल्न पर्दैन। नाराबाजी गर्नुपर्दैन। माला बोकेर आउनुपर्दैन,' लिङ्देनले भने, 'यो आन्तरिक चुनाव हो, सकियो। माला बोकेर आएन भनेर के भन्छ कि भन्नुपर्दैन। माला बोकेर आउनुपर्दैन है तपाईँहरु।' 

अध्यक्षसँग अन्य पदाधिकारीहरु पनि भृकुटीमण्डपमा आइपुगेका थिए - जितको खुशी साट्न। विभिन्न पदमा जित हासिल गरेका उनीहरुमा मालामा सजिएका थिए। राप्रपामा जीतको खुशीयाली यसरी साटिएको थियो -



ट्रेन्डिङ पोस्ट

Ncell