PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन



पहिलोपोस्ट

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन
तस्विर : किरण गिरी

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समथर्न गर्ने भएका छन्। हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रधानले आज हुने दोस्रोचरणको निर्वाचनमा संस्थापन पक्षका बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

शनिवार भएको निर्वाचनमा सभापतिमा बानियाँले ९९२ मत ल्याएका थिए भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका थिए। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका थिए। पूर्व रक्षामन्त्री प्रधान सिटौला पक्षका नेता हुन्। 

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज फेरि निर्वाचन हुँदैछ। प्रधानको समर्थन पाएसँगै बानियाँले सभापति पदमा जित्ने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell