PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

विद्रोही सम्झेर सुरक्षाकर्मीले गाउँलेमाथि गोली चलाउँदा १३ जनाको मृत्यु, नागाल्याण्डमा तनावको अवस्था



पहिलोपोस्ट

विद्रोही सम्झेर सुरक्षाकर्मीले गाउँलेमाथि गोली चलाउँदा १३ जनाको मृत्यु, नागाल्याण्डमा तनावको अवस्था
Photo : The Indian Express

भारतको नागाल्याण्डमा सुरक्षाकर्मीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ। उग्रवादी संगठन समूहको सदस्य भएको अनुमान गर्दै सुरक्षाकर्मीले गोली चलाएका थिए। तर, मृत्यु हुने सबै गाउँका कामदार रहेको खुलेको छ।

तिरु-ओटिंग सडकखण्डमा कारवाहीका लागि तैनाथ सुरक्षा बलले गाउँलेहरुलाई विद्रोही सम्झेर गोली चलाएको बताइएको छ। विद्रोही सवारहरु भनि सूचना भएको गाडीको रंग गाउँले चढेको गाडीको रंगसँग मिलेको थियो। स्थानीय संचारमाध्यमको रिपोर्टको अनुसार सुरक्षाकर्मीले गाडीलाई रोक्ने प्रयास गर्दा गाडी रोकिएन। त्यसपछि सुरक्षाकर्मीले गोली चलाएको थियो।

उक्त घटनापछि गाउँलेहरु आक्रोशित भएका छन्। स्थानीयले सुरक्षा बलको गाडीमा आगो लगाइदिएका थिए। भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।

उक्त घटनाको अनुसन्धानको लागि स्थानीय अधिकारीले आदेश दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell