PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दरबारमार्गमा रहेको 'बिइङ ह्युमन'का म्यानेजर प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

दरबारमार्गमा रहेको 'बिइङ ह्युमन'का म्यानेजर प्रहरी नियन्त्रणमा

काठमाडौं : दरबारमार्गमा रहेको बिइङ ह्युमनका म्यानेजर पक्राउ परेका छन्। बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो बिइङ ह्युमन।  

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले स्टोरका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको हो। उनलाई पसलमा रहेको रकमको स्रोत खुलाउन नसकेको भन्दै नियन्त्रणमा लिएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

उक्त स्टोरबाट १ हजार दरका ४९ बण्डलमा ४९ लाख र ५ सय दरका १०० वटाको ४१ वटा बण्डलमा बीस लाख पचास हजार रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिएका खनाललाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell