काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्।
प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्।
थापाले लिङदेन विजयी भएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिएका थापालले पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए।
निर्वाचनको परिणाम घोषणा कार्यक्रममा निवर्तमान अध्यक्षहरु पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन्।
अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व देखिएको छ। यद्यपि, राप्रपामा सात महमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पद निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
निर्वाचन परिणाम अनुसार थापा प्यानलबाट तीन उपाध्यक्ष विजयी भएका छन्। थापा समूहबाट पुरुषतर्फ उम्मेद्वार रहेको ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन्। अर्का निर्वाचित उपाध्यक्ष विक्रम पाण्डे भने दुबै समूहका उम्मेद्वार थिए।
यता हारपछि पूर्व राज परिवारसँग आक्रोश व्यक्त गरिरहेका छन् थापा। उनले ट्विटरबाट हारको विषयलाई लिएर निर्मल निवासमाथि लगातार आक्रोश प्रकट गरिरहेका छन्।
अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना https://t.co/a8VzuFRWSr
— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। pic.twitter.com/rlh14TQHBD