PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

लिङ्देनलाई दिएको बधाई सन्देशमा विमलेन्द्रको तीर देउवातिर : नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रक्रिय शुरु



पहिलोपोस्ट

लिङ्देनलाई दिएको बधाई सन्देशमा विमलेन्द्रको तीर देउवातिर : नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रक्रिय शुरु

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित हुनसाथ निधिले बधाई सन्देश जारी गर्दै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्।

'राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनु भएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाईका साथै शुभकामना दिन चाहन्छु,' शुभकामना सन्देशमा निधिले भनेका छन्, 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु।'

राप्रपाको यो महाधिवेशनले पुरानो नेतृत्वबाट नयाँ पुस्ता हस्तान्तरणको प्रक्रिया शुरु भएकोसमेत उपसभापति निधिले बताएका छन्। कांग्रेसको आउँसो १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारीको घोषणा गरेका निधिले भनेका छन्, 'राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ।' निधिसहित संस्थापनइतरले कांग्रेसको नेतृत्वमा नयाँ पुस्ता आउनुपर्ने बताइरहेका छन्। तर वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने पुन एकपटक पार्टीको नेतृत्वमा आउन चाहना राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell