PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लागू औषधको निगरानी गर्न एयरपोर्ट खटाइएका प्रहरी नै सुन तस्करको सहयोगी !



पहिलोपोस्ट

लागू औषधको निगरानी गर्न एयरपोर्ट खटाइएका प्रहरी नै सुन तस्करको सहयोगी !

काठमाडौं : विमानस्थल हुँदै भित्र्याइने सुन तस्करीको जालोमा प्रहरीको संलग्नता देखिएपछि एक प्रहरी पक्राउ परेका छन्।

गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीका प्रहरी जवान पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण व्यूरोमा दरबन्दी भई त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई नियन्त्रणमा लिइएको हो। करिब दुई महिना अघिदेखि उनी विमानस्थलमा लागूऔषध कारोबारको निगरानीका लागि खटिएका थिए। तर, उनको संलग्नता सुन तस्करीलाई सहयोग गर्ने भएको खुलेपछि अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।

गत शुक्रवार दुबईबाट आएका व्यक्तिले ५० ग्राम सुन ल्याएका थिए जसलाई जवान केसीले सहयोग गरेको देखिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो। शुक्रवार ताप्लेजुङका दुर्गाधन लिम्बु ५० ग्राम सुनसहित पक्राउ परेका थिए। पछिल्लो समय सुन तस्करले विदेशमा गएका युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर ५० देखि सय ग्रामसम्म सुन बोकाएर पठाउने गरेका छन्।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell