PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजेन्द्र लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

राजेन्द्र लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सपथग्रहण गरेका छन्। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन्।

कमल थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष चुनिएका हुन्। अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व छ।

थापा समूहबाट पुरुषतर्फ उम्मेद्वार रहेको ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन्। अर्का निर्वाचित उपाध्यक्ष विक्रम पाण्डे भने दुबै समूहका उम्मेद्वार थिए। यस्तै महिला उपाध्यक्षमा थापा समूहकै रोशन काकी निर्वाचित भइन्।

महामन्त्रीमा लिङ्देन समूहका धवल शमशेर राणाले सर्वाधिक मत ल्याएर विजयी भए। अन्य दुई महामन्त्री थापा समूहकै विजयी भए। थापा पक्षका पुरुषतर्फका उम्मेद्वार भुवन पाठक र महिलातर्फबाट कुन्तीकुमारी शाही महामन्त्रीमा निर्वाचित भए।

कार्यक्रममा कमल थापा उपस्थित नभएपनि उनको समूहबाट निर्वाचित सबै पदाधिकारीले पनि सपथ ग्रहण गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell