PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सप्ताहव्यापी कार्यक्रम



पहिलोपोस्ट

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सप्ताहव्यापी कार्यक्रम
कार्यक्रमको निमन्त्रणा गर्न पुगेका आयोजकहरु उप राष्ट्रपतिसँग।

काठमाडौंः ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालमा मानवअधिकारको क्षेत्रमा कार्यरत ३७ भन्दा धेरै संसघसंस्थाले सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन्।

१३ औं मानवअधिकार महाभेला नाम दिइएको यो कार्यक्रमहरुको संयोजन शान्तिका लागि साझा अभियान (कोक्याप) ले गर्दैछ। 

सन् २००९ देखि प्रत्येक वर्ष हुँदै आएको यस्तो महाभेलामा यसपटक मानव अधिकारका विभिन्न पक्षमा देशभैरी दर्जनौं कार्यक्रमहरु हुँदैछन्। जसमा नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक समाज, संघ संगठन, मानव अधिकार तथा सम्पूर्ण न्यायकर्मीहरु र राष्ट्रिय मानव अधिकार आयोग संग्लन छन्।

महाभेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी चरण प्रसाईले लोकतन्त्र स्थापनापछिका वर्षहरुमा पनि मानवअधिकार संकटमा परिरहेको, नागरिक अधिकारका विषयहरु संकुचित भइरहेको र संक्रमणकाल अझै नसकिएको भन्दै यस्तो महाभेलाले मानव अधिकारको रक्षाका निम्ति सामूहिक पहल गर्न बल पुर्‍याउने बताए।

महाभेलाको सन्दर्भमा कोक्यापले सार्वजनिक गरेको अपिलमा मुलुकको सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र सहितको धर्म निरपेक्षता र सुशासन खतरामा पर्दै गइरहेको भन्दै भने नागरिक नै राज्यबाट अपहेलित र असुरक्षित बन्दै गइरहेको महशुस भएको उल्लेख छ।

नागरिकका बहुल अधिकारहरु संकटमा परिरहेका बेला कोभिड–१९ महामारीको संकट आएको र यसले जनजीवन नराम्रोसँग प्रभावित गरिरहेको सन्दर्भमा महाभेला आयोजना गर्न लागिएको कोक्यापले उल्लेख गरेको छ। महाभेलाको संयोजन गरिरहेकी रोशना खड्काले मानवअधिकारका बहुल विषयमा एकमुष्ठ आवाज उठाउन सबै संघसंस्थले सामूहिक हातेमालो गरिरहेको बताइन्।

महाभेलाको उद्घाटन आगामी बुधबार ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उपराष्ट्रपति नन्दकिशोर पुनःले गर्दैछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell