PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

थप २ सय ५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



पहिलोपोस्ट

थप २ सय ५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ७ सय ४७ नमुना परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण देखिएको हो। साथै सोही अवधिमा ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ५ सय ७ रहेको छ।

त्यस्तै, २४ घण्टाको अवधिमा संक्रमण भएकामध्ये १ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ। २४ घण्टामा ५७ हजार ९ सय ३० जनालाई कोरोना विरुद्धको खोप दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell