PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राजेन्द्र लिङ्देनले अध्यक्षको सपथ लिँदैगर्दा कमल थापाले लेखे : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?



पहिलोपोस्ट

 राजेन्द्र लिङ्देनले अध्यक्षको सपथ लिँदैगर्दा कमल थापाले लेखे : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रमा राजालाई नारायणहिटी फर्काउने उद्घोष गरेका थिए कमल थापाले।

'राजा आउ देश बचाउ होइन, अब जनता आउ राजा ल्याउ' हाम्रो नारा हुनेछ भन्दै थापाले घोषणा गरेका थिए।

उनले 'पूर्व' भइसकेका राजा ज्ञानेन्द्र शाहलाई फेरि जनताले नै नारायणहिटी फर्काउने घोषणा गरेको केही दिनमै त्यही पूर्व राजाप्रति आक्रोश पोखेका छन्। कारण – निर्वाचनमा पराजय।

जहिलै सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका थापा राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएका छन्। उनलाई हराए उनकै समूहमा रहेका राजेन्द्र लिङ्देनले। लिङ्देन त जिते, तर पदाधिकारीमा थापाको समूहले बाजी मार्‍यो। तर, थापाले निर्वाचनमा जित्ने सुनिश्चित भएको अनुमान गर्दै अध्‍यक्षलाई शक्तिशाली बनाउन पदाधिकारी मनोनित गर्ने प्रावधानले त्यो बाजीलाई धेरै समय टिक्न दिने अवस्था छैन। त्यसैले पनि थापा आज राप्रपाको नवनिर्वाचित कमिटी र केन्द्रीय सदस्यहरुको सपथ ग्रहरणमा पुगेनन्।

यता, राजेन्द्र लिङ्देनले अध्यक्षको रुपमा प्रज्ञा भवनमा सपथ लिँदै गर्दा उता कमल थापा भने सामाजिक संजालमा आफ्ना कुरा राख्न व्यस्त छन्।

बिहान निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाएका थापाले अहिले राजालाई बोक्न छाड्ने मनस्थितिमा पुगेको बताइन्छ।

उनले आफूले बोकेको सिद्धान्तमाथि नै प्रश्न चिह्न खडा भएको भन्दै मनै फाटेको टिप्पणी गरेका छन्। लिङ्देन सहितका पदाधिकारीले सपथ लिँदै गर्दा राजेन्द्र थापाको यो कविता 'पोहोर साल खुशी फाट्दा' सेयर गर्दै कमल थापाले आफ्नो अन्तर्मन भित्रको मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell