PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदान सकियो, २०२५ मत खस्यो



निशा गुरुङ

वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदान सकियो, २०२५ मत खस्यो

हेटौंडाः नेपाली कांग्रेसको नेतृत्व चयनका लागि वाग्मती प्रदेशमा पुनः भएको मतदान सकिएको छ। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि पुनः मतदान भएको हो। 

निर्वाचन समितिका अनुसार २०२५ मत खसेको छ। १२६ जना अनुपस्थित भएका छन्। 

वाग्मतीमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेद्वार छन्। यस्तै, संस्थापन इतरबाट जगदिश्वरनरसिंह केसी प्रतिस्पर्धामा छन्। यस्तै, नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेद्वारी दिएका थिए। 

पहिलो चरणमा बानियाँ र केसी क्रममा पहिलो र दोस्रो स्थानमा रहेका थिए। तेस्रो भएका प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन्। प्रधानको समर्थनसँगै प्रदेश सभापतिमा बानियाँ बलियो उम्मेद्वार रहेको बताइन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell