PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ब्रिगेड ब्वाइजमाथि आर्मीको कठिन जित

ब्रिगेड ब्वाइजमाथि आर्मीको कठिन जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइजमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफमा दुबै टिमले खास उत्कृष्ट अवसरहरु बनाउन नसके पनि दोस्रो हाफको सुरुबाटै आर्मीले खेलमा दवाब बनाएको थियो।

६३ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो। जारी लिगमा आर्मीको पहिलो जितका लागि निर्णायक गोल आर्मीका कप्तान भरत खवासले ८४ औं मिनेटमा गरे। त्यस्तै, इन्ज्युरी समयमा पनि आर्मीले राम्रा अवसर बनाएको भए पनि बीबीसीका गोलकिपर पूर्ण लिम्बु चेम्जोङले बचाएका थिए।

जितसँगै आर्मीले ३ खेलबाट ५ अंक जोडेको छ।

उपाधिको दाबेदार मानिएको आर्मीले जारी सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको थिएन। आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्कोतर्फ, ब्रिगेड ब्वाइजले लिगमा अर्को विभागीय टोली एपीएफलाई ३-२ गोलअन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। त्यस्तै दोस्रो खेलमा न्युरोड टीम एनआरटीसँग बराबरी खेलेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell