PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भारतबाट आउने नागरिकलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन



पहिलोपोस्ट

भारतबाट आउने नागरिकलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन
फाइल फोटो

काठमाडौँः प्रतिनिधि साभको शिक्षा तथा स्वास्थ्य समितिले भारतबाट नेपाल आउने नागरिकहरुलाई अनिवार्य रुपमा कोभिड –१९ को पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले आइतबार स्वास्थ्यमन्त्री तथा मन्त्रालयका पदाधिकारीसँग छलफल गरेपछि सो निर्देशन दिएको हो। 

साथै समितिले पीसीआरको अलवा कोभिडविरुद्धको खोपको कार्ड अनिवार्य गर्न पनि निर्देशन दिएको छ। 

यस्तै, समितिले ओमिक्रोनको सम्भावित लहरको तयारीका लागि पनि सरकारलाई निर्देशन दिएको छ। 

समितिले जेष्ठ नागरिक र अशक्त ब्यक्तिहरुलाई घर घरमा नै कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell