PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रतिस्पर्धात्मक भिडन्तमा नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

प्रतिस्पर्धात्मक भिडन्तमा नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्। प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन्।

भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिका बीच भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइदिनुका बधाइ दिएका थिए।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए। पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे। जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भए पनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसँग भिडेका थिए।

नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन्। सपनाले जमुना तामाङलाई हराइन्। पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरत बहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे। एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए।

तस्बिरहरु: राखेप



ट्रेन्डिङ पोस्ट

Ncell