विराटनगरः नेपाली कांग्रेसको प्रदेश १ को आन्तरिक निर्वाचनका ८ सय मत गणना गर्दा शेखर कोइराला समूहका सभापति पदका प्रत्यासी गुरुराज घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन् ।
कूल १७५२ मतदान भएको निर्वाचनमा हालसम्म घोषित परिणाममा उम्मेदवार घिमिरेले ४६ मतको अग्रता कायम गरेका हुन्।
घिमिरेले ४०८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी देउवा–सिटौला समूहका उद्धव थापाले ३६२ मत पाएका छन्।
उपसभापतिमा रमेशजङ्ग रायमाझीले ३८९, टङ्कप्रसाद राईले ३७३, गोविन्दप्रसाद ढुङ्गाना (केदार) ले ३४८ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ३२४ मत पाएका छन्।
महामन्त्रीमा उमेश थापाले ३८५, पदमसुन्दर पालुङ्वाले ३६१, दीपनकुमार श्रेष्ठले ३५८ र भूपेन्द्र राईले ३५७ मत प्राप्त गरेका छन्।
त्यस्तै महिला सहमहामन्त्रीमा सीता कार्कीले ३७७ र प्रमिलाकुमारी गच्छदारले ३६७ मत प्राप्त गरेको पार्टीको निर्वाचन कार्यालयले जनाएको छ।
महामन्त्रीमा खड्ग फागोले ४६०, विनोदकुमार बस्नेतले ३४७, वीरकाजी राईले ३०६, रोहितकुमार शाहले ३०४ र शुभचन्द्र राईले ३६ मत पाएका छन्।
