PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित



निशा गुरुङ

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित

हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षका बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै वाग्मती कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।

बानियाँले १०८५ मत पाएका छन्। केसीले ९२७ मत पाएका छन्। 

दोस्रो चरणको मतदानमा उनलाई भीमसेनदास प्रधान समूहले साथ दिएको थियो। मत परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell