PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि



पहिलोपोस्ट

लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा लुम्बिनी प्रदेशको सभापतिका उम्मेद्वार अमरसिहं पुनले अग्रता कायमै राखेका छन्।

९८६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ९० मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५२३ मत प्राप्त गरेका छन्। शाहले ४३३ मत ल्याएका छन्।

पछिल्लो १२० मत गणना गर्दा दुबैले बराबरी मत पाएका छन्।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मत गणना सुरु भएको थियो। निर्वाचनमा १६३१ मत खसेको थियो। अन्य पदाधिकारीमा पनि पुन प्यानलले नै अग्रता कायम गरेको छ।

पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell