PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एनआरएनएको चुनाव रोक्न परराष्ट्रले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

एनआरएनएको चुनाव रोक्न परराष्ट्रले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। 

यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म आदेश कार्यान्वयन रोक लगाउँदै अन्तरिम छलफलका लागि बोलाएको थियो। 

संयुक्त इजलासले निर्वाचन प्रक्रिया रोक्नेबारे परराष्ट्रको असोज २२ र मंसिर ३ गतेको निर्देशन कार्यान्वयनमा रोक समेत लगाएको छ। 
आइतबार दुबै पक्षको छलफलपछि इजलासले सो आदेश गरेको हो।

एनआरएनएले परराष्ट्रको निर्देशनलाई हस्तक्षेप भएको भन्दै अदालतमा रिट दायर गरेको हो। मंसिर ९ गते रिट दायर भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell