PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश १ कांग्रेस सभापतिमा संस्थापन पक्षका थापा २ मतको अन्तरले निर्वाचित, पदाधिकारी र सदस्यमा पनि संस्थापनकै बहुमत



अनन्तराज न्यौपाने

प्रदेश १ कांग्रेस सभापतिमा संस्थापन पक्षका थापा २ मतको अन्तरले निर्वाचित, पदाधिकारी र सदस्यमा पनि संस्थापनकै बहुमत

विराटनगर : नेपाली काङ्ग्रेसको प्रदेश नम्बर १ को आन्तरिक निर्वाचनमा संस्थापन पक्षका सभापतिका उम्मेदवार उद्धव थापा र उनको समूहले बहुमतका सिटमा विजय हासिल गरेको छ।

शेखर कोइराला समूहका सभापतिका आकांक्षी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा जितेका हुन्। विजयी पदाधिकारीमध्ये १ महामन्त्री उमेश थापामात्र संस्थापनइतरका छन्। जितेका बहुमत सदस्य थापा पक्षकै छन्।

प्राप्त परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्।

त्यस्तै उपसभापतिका २ पदमा रमेशजङ्ग रायमाझीले ८ सय ९१  र टङ्कप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी जित हासिल गरे।

महामन्त्रीका २ पदमा जितेका भूपेन्द्र राईले ८ सय २४ र पदमसुन्दर पालुङवाले ८ सय ७ मत हासिल गरे।

महिलातर्फको सहमहामन्त्रीमा प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजय प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी सीता कार्कीले ७ सय ३३ मत प्राप्त गरिन्।

खुलातर्फको सहमहामन्त्रीमा खड्ग फागोले १ हजार २६ मत र विनोदकुमार बस्नेतले ७ सय ४७ मत ल्याएर विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell