PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टोटेनहमको सहज जित, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो



पहिलोपोस्ट

टोटेनहमको सहज जित, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले नर्विच सिटीमाथि सहज जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले तालिकाको पुछारमा रहेको नर्विचमाथि ३-० को सहज जित निकालेको हो।

खेलको १० औं मिनेटमा सन ह्युङ मिनको पासमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको टोटेनहमका लागि दोस्रो गोल डेभिन्सन स्यान्चेजले ६७ औं मिनेटमा गरेका थिए। त्यस्तै ७७ औं मिनेटमा सन ह्युङमिनले गोल गर्दा टोटेनहमले ३-० को सहज जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसमाथि कठिन जित निकाल्यो। ओल्डट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइेटले प्यालेसमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन फ्रेडले निर्णायक गोलग गरे। उनले खेलको ७७ औं मिनेटमा म्यासन ग्रिनउडको पासमा गोल गरेका थिए।

जितसँगै युनाइटेड १५ खेलबाट २४ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने १४ खेलबाट २५ अंक जोडेको टोटेनहम तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell