PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

२ मतले पराजित गुरुराज घिमिरेद्वारा पुन: मतगणनाको माग



पहिलोपोस्ट

२ मतले पराजित गुरुराज घिमिरेद्वारा पुन: मतगणनाको माग

विराटनगर : नेपाली काङ्ग्रेसको प्रदेश नम्बर १ को आन्तरिक चुनावमा सभापति पदमा २ मतले पराजित भएका गुरुराज घिमिरेले पुनः मतगणनाका लागि माग गरेका छन्।

काङ्ग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले घिमिरेले पुनः गणनाका लागि आवेदन दिएको पुष्टि गरे।

‘हो, गुरुजीले पुनः गणनाका लागि निवेदन दिनु भएको छ’, प्रमुख थापाले पहिलोपोस्टलाई भने, ‘निवेदनलाई हामी केन्द्रीय निर्वाचन समितिमा पठाउनेछौँ। केन्द्रीय निर्वाचन समितिले जे निर्देशन गर्छ, त्यही हुन्छ।’

थापाले आफूले थापा विजयी भएको घोषणा गरिसकेकाले न्यायको सिद्धान्तअनुसार आफैँले पुनः गणना गर्न नमिल्ने भएकाले घिमिरेको निवेदनलाई निर्णयार्थ केन्द्रीय निर्वाचन समितिमा पठाउने बताए।

सभापतिका प्रत्याशी उद्धव थापाले ८ सय ४४ मतले विजय हासिल गर्दा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell