PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तालिवानलाई अमेरिकासहित २२ देशको चेतावनी : पूर्व सरकारी कर्मचारीलाई निशाना नबनाउ



पहिलोपोस्ट

तालिवानलाई अमेरिकासहित २२ देशको चेतावनी : पूर्व सरकारी कर्मचारीलाई निशाना नबनाउ
Photo : Getty Images

अमेरिकासहित २२ राष्ट्रले तालिवानलाई पूर्व अफगान सरकारका कर्मचारी र सुरक्षा बललाई निशाना नबनाउन चेतावनी दिएको छ।

अमेरिकी गठबन्धनमा रहेको  बेलायत, युरोपियन युनियनसहितको गठबन्धनले संयुक्त बयान जारी गर्दै तालिवानलाई अफगानिस्तान सरकारको पूर्व कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउन भनेको हो। गठबन्धनले निरंकुशरुपमा धेरै व्यक्तिको हत्या गरिएको र धेरै अपहरणमा परेको जानकारी आएको जनाएको छ।

ह्युमन राइट्स वाचको एक रिपोर्टमा तालिवानले पूर्व अफगान सरकारका कर्मचारीहरुको हत्या गरेको उल्लेख छ। तालिवानले चार महिना पहिला जननिर्वाचित सरकारलाई विस्थापति गर्दै सत्ता कब्जा गरेको थियो। त्यसयता उक्त सरकारमा रहेका धेरै कर्मचारीहरु काममा फर्किएका छैनन्। तालिवानले ती कर्मचारी र उनीहरुको परिवारलाई दमन गर्दै आएको रिपोर्टमा दाबी गरिएको छ।

गठबन्धनले तालिवानको हरेक कदममाथि आफूहरुको नजर रहेको भन्दै सहमति पालना गर्न चेतावनी पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell