PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

प्रदेश २ : नेपाली कांग्रेसको अधिवेशन स्थगित



पहिलोपोस्ट

प्रदेश २ : नेपाली कांग्रेसको अधिवेशन स्थगित

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित गरिएको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ५ दिन बितिसक्दा पनि मतदाता नामावली सार्वजनिक हुन नसक्दा अधिवेशन नै स्थगित भएको हो।

प्रदेश २ को ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन्। जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले पत्रकार सम्मेलन गर्दै सर्वसम्मत रुपमा निर्वाचन हुन नसकेपछि तत्कालका लागि निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

प्रदेश को ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकोले निर्वाचन गराउनु सम्भव नरहेको रिजालले बताए। भने, 'प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन। विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ। यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिर छ।’

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १-१ वटा क्षेत्रको अधिवेशन हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell