PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

म्यानमार कू : आङ सान सूचीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय



पहिलोपोस्ट

म्यानमार कू : आङ सान सूचीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय
File Photo : Reuters / Chalinee Thirasupa

म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा 'कू' गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। सूची त्यसयता सेनाकै नजरबन्दमा छिन्।

म्यानमारको जुन्ती सरकारले जुनमा सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको थियो। त्यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका आरोप लगाइएको थियो।

आज भएको सुनुवाइमा सूचीले कोभिड १९ प्रोटोकल उल्लंघन गरेको र उत्तेजना फैलाएको ठहर गर्दै सजाय सुनाएको हो। अन्य मुद्दामा सुनुवाइ हुन बांकी नै छ।

सूचीले आफूमाथि लगाइएका सबै आरोपहरु झुटो भएको बताउँदै आएकी छिन्।

सूचीसँगै सेनाले अपदस्त गरेको म्यानमारका राष्ट्रपति विन मिन्थलाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell