PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओमोक्रन भाइरसले गर्‍यो नेपालमा 'नक नक...'



पहिलोपोस्ट

ओमोक्रन भाइरसले गर्‍यो नेपालमा 'नक नक...'

काठमाडौं : कोरोना भाइरसको नयाँ संक्रमण ओमोक्रन नेपालमा पनि भेटिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भेरियन्ट देखिएको जानकारी दिएको हो। भाइरस देखिएपछि स्वास्थ्य मन्त्रीस्तरीय बैठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफल समेत भएको छ। पहिलो पटक यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको हो। यो भाइरस देखिएको दूई साता पूरा नहुँदै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

छिमेकी राष्ट्र भारतमा हिजोसम्म २२ जना मानिसमा यसको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि केही राष्ट्रले अन्तर्राष्ट्रिय उडान रोक लगाइसकेका छन्। यता नेपालमा पनि यो भेरियन्ट आउन नदिन सरकारले पूरा तयारी गरेको दावी गरेको थियो। स्वास्थ्य मन्त्रालयले अति आवश्यक बाहेकका विदेश यात्रा नगर्न अनुरोध समेत गरेको थियो।

नेपालले अफ्रिकासँग कनेक्ट भएका फ्लाइटबाट नेपाल आउन रोक लगाएको थियो। तर पनि नेपाललमा यो भेरियन्टले नक नक... गरिसकेको छ।

यो ३५ देशमा भेरियन्ट फैलिससकेको छ भने विश्वभर ५ सय ७४ जनामा यसको संक्रमण पुष्टि भएको छ।

६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते नेपाल भित्रिएका थिए। उनमा मंसिर ७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनीसँगै सम्पर्कमा रहेका एक अर्का व्यक्ति पनि संक्रमित भएका थिए। उनीहरु दुवै स्वस्थ रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell