PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सलमानको 'अन्तिम'लाई २ सातामा पनि ४० करोड कमाउन हम्मे



पहिलोपोस्ट

सलमानको 'अन्तिम'लाई २ सातामा पनि ४० करोड कमाउन हम्मे

रिलिजको १० दिन पूरा हुँदा बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम द फाइनल ट्रुथले ३४ करोड ५१ लाख रुपैयाँ कलेक्ट गरेको छ। बलिउड बक्स अफिसमा सलमान खानलाई पैसा छाप्ने मेसिनका रुपमा चिनिए पनि यसपाला उनको फिल्मले गतिलो बिजनेस गर्न भने सकेन।

यद्यपि, फिल्मले दर्शकलाई 'इंगेज' भने गराइरहेको कोइमोईडटकमले जनाएको छ। हिजो फिल्मले २ करोड १५ लाख रुपैयाँको कारोबार गरेको छ। शनिवार फिल्मले १ करोड ७६ लाख रुपैयाँको कारोबार गरेको थियो। 

कुनै समय सलमान खानको फिल्मले १ सय करोड कमाउनु सामान्य मानिन्थ्यो। तर, यसपाला उनको फिल्मले दुई सातामा पनि ४० करोडको मार्क पार नगर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell