PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित



पहिलोपोस्ट

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित

काठमाडौँः संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। दुई पटक गणपुरक संख्या नपुगेपछि स्थगित भएको सुनुवाइ सोमबार भएको हो। समितिले प्रस्तावित पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए। 

समितिले राजदूतहरु डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो। 

शर्मा भारतका लागि प्रस्तावित हुनुहुन्छ। यस्तै, आचार्य बेलायतका लागि र खत्री अमेरिकाका लागि प्रस्तावित हुनुहुन्छ।

समितिले अब अनुमोदनको जानकारी सम्बन्धित सरकारलाई दिनेछ। साे जानकारीपछि नियुक्तिको प्रक्रिया सुरु हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell