PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस वाग्मती प्रदेशको मतगणनाः पदाधिकारीमा कसको मत कति? 



पहिलोपोस्ट

कांग्रेस वाग्मती प्रदेशको मतगणनाः पदाधिकारीमा कसको मत कति? 

हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको पदाधिकारी चयनका लागि भएको मतदानको मतगणना अहिले भइरहेको छ। प्रदेश सभापतिमा यसअघि नै इन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन्। अन्य पदाधिकारीको मगणना जारी छ। 

जारी मतगणनामा अहिलेसम्म ५०० मत गन्ने क्रम सकिएको छ। 

जसमा उपसभापतिमा चन्द्र महर्जन २४२, धर्मराज गौतम २२७, मोहनबहादुर बस्नेत २६४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले २३२ मत पाएका छन्। 
यस्तै, महामन्त्रीमा कन्चनचन्द्र बादेले २५९, गौरीप्रसाद दवाडी ३२, तिलकप्रसाद रुवाली १८९, माइकल रामचन्द्र अर्याल २६४, राजु श्रेष्ठ २०५ र सुरेश श्रेष्ठले ४४ मत पाएका छन्। 

यस्तै, सहमहामन्त्रीमा जीवन डंगोल २४५, निर्मला बस्ताकोटी १८० र मोतीमाया तामाङले ४९ मत पाएका छन्। 

खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे २४२, जगन्नाथ धिमाल ३४, जयनारायण सापकोटा २३, महेन्द्र थिङ १८७, राजकुमार पाठक ६१, वीरबहादुर तामाङ २०५ र हरिशरण श्रेष्ठले १९४ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell