PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

देउवासँग को भिड्ने? संस्थापन इतरका नेताले लगाउन सकेनन् टुंगोः बोहोराटारको छलफल निष्कर्षविहीन, मंगलबार सिंह निवासमा बैठक



पहिलोपोस्ट

देउवासँग को भिड्ने? संस्थापन इतरका नेताले लगाउन सकेनन् टुंगोः बोहोराटारको छलफल निष्कर्षविहीन, मंगलबार सिंह निवासमा बैठक

काठमाडौंः प्रदेशको नतिजाबाट उत्साहित हुन नसकेका नेपाली कांग्रेसका संस्थापन इतरका सभापति पदका आकांक्षीहरु पुनः छलफलमा जुटेका छन्।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा उम्मेद्वारमा दोहोरिने निश्चित भइसकेको अवस्थामा इतर समूहले उम्मेद्वार टुंगो लगाउन सकेको छैन। समूहबाट चार जनाले अहिले पनि दाबी कायमै राखेका छन्। 

संस्थापन बाहेकबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। 
सभापतिका आकांक्षीहरुले आइतबार पनि छलफल गरेका छन्। वरिष्ठ नेता पौडेलको निवासमा छलफल भएको हो। 

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सबै नेताहरुले आफ्नो दाबी कायमै राखेका छन्। तर, साझा उम्मेद्वार चयनबारे नेता सिंहको निवासमा सोमबार चार नेताबीच पुनः छलफलको सहमति भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell