PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वाग्मती प्रदेशमा आधाभन्दा बढी मत गनियो, पदाधिकारीमा कसको कति?



पहिलोपोस्ट

वाग्मती प्रदेशमा आधाभन्दा बढी मत गनियो, पदाधिकारीमा कसको कति?

हेटौंडाः नेपाली कांग्रेस वाग्मतीको पदाधिकारी चयनको मतगणना जारी छ। १२१० मतगणना सम्पन्न हुँदा उपसभापतिका उम्मेद्वारहरु चन्द्र महर्जनले ५९९, धर्मराज गौतमले ५५४, मोहनबहादुर बस्नेतले ६३२ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ५२९ मत पाएका छन्। 

यस्तै, महामन्त्रीमा कन्दनचन्द्र बादेले ६०७ मत पाएका छन्। यस्तै, गौरीप्रसाद दवाडी ९२, तिलकप्रसाद रुवाली, ४४५, माइकल रामचन्द्र अर्यालले ५४७, राजु श्रेष्ठ ५१७ र सुरेश श्रेष्ठले ११६ मत पाएका छन्। 

यस्तै, सहमहामन्त्री महिलातर्फ जीवन डंगोलले ५७०, निर्मला बस्ताकोटीले ४४५ र मोतीमाया तामाङले १२१ मत पाएकी छन्। 

यस्तै खुला सहमहामन्त्रीमा ऋषिराम घिमिरेले ५५९, जगन्नाथ धिमाल ८६, जयनारायण सापकोटा ५२, महेन्द्र थिङ ४७६, राजकुमार पाठक १२२, वीरबहादुर तामाङ ५०३ र हरिशरण श्रेष्ठले ४७२ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell