PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

एभर्टनले आर्सनललाई हरायो



पहिलोपोस्ट

एभर्टनले आर्सनललाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एभर्टनले आर्सनललाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनलमाथि २-१ गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले किइरन टिअर्नेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा एभर्टनका रिचार्लिसनले गोल फर्काउँदै एभर्टनलाई बराबरीमा ल्याए। त्यसअघि उनले गरेका दुई गोललाई रेफ्रीले अफसाइड करार दिएका थिए। एभर्टनको जितका लागि निर्णायक गोल इन्ज्युरी समयमा डेमराइ ग्रेले गरे।

जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर अंकतालिककाको १२ औं स्थानमा उक्लिएको छ। अर्कोतर्फ २३ अंक जोडेको आर्सनल तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell