PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाली कांग्रेस वागमती प्रदेश उपसभापतिमा बस्नेत र महर्जन, महामन्त्रीमा बादे र राजु



निशा गुरुङ

नेपाली कांग्रेस वागमती प्रदेश उपसभापतिमा बस्नेत र महर्जन, महामन्त्रीमा बादे र राजु

हेटौंडा: नेपाली कांग्रेस वागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस वागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी बनेका छन। बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन। बस्नेत जगदीश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार रहेका थिए।

त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन भने महामन्त्रीका अर्का उम्मेदवार माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित भएका छन। निर्वाचित बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गरेका छन। बादे, केसी र महर्जन बानियाँ प्यानलबाट उम्मेदवार बनेका थिए।

त्यसैगरी सहमहामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित भएकी छिन्। उनले ९४९ मत प्राप्त गरेकी छिन्। सहमहामन्त्री खुलातर्फ ॠषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी बनेका छन। घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गरेका छन। बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ १५८ मतान्तरले निर्वाचित भइसकेका छन। उनले सभापतिका अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell