PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा



पहिलोपोस्ट

कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमवार पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी/जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ। नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताए।

साथै उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए। पाँचथरका आङ्देम्बे पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell