PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संस्थापनइतरबाट सभापतिको साझा उम्मेद्वार छान्न चाक्सीबारीमा बैठक बस्दै



पहिलोपोस्ट

संस्थापनइतरबाट सभापतिको साझा उम्मेद्वार छान्न चाक्सीबारीमा बैठक बस्दै

काठमाडौंः प्रदेशको नतिजाबाट उत्साहित हुन नसकेका नेपाली कांग्रेसका संस्थापन इतरका सभापति पदका आकांक्षीहरु पुनः छलफलमा जुटेका छन्।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा उम्मेद्वारमा दोहोरिने निश्चित भइसकेको अवस्थामा इतर समूहले उम्मेद्वार टुंगो लगाउन सकेको छैन। समूहबाट चार जनाले अहिले पनि दाबी कायमै राखेका छन्।

संस्थापन बाहेकबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्।

सभापतिका आकांक्षीहरुले आइतबार पनि छलफल गरे। वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा छलफल भएको हो।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सबै नेताहरुले आफ्नो दाबी कायमै राखेका छन्। तर, साझा उम्मेद्वार चयनबारे नेता सिंहको निवासमा सोमबार चार नेताबीच पुनः छलफलको सहमति भएको छ। सभापतिका दाबेदारहरुबीच दिउँसो १ बजे चाक्सीबारीमा छलफले हुने तिवारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell